Satya Update

Category: प्रदेश

  • सुदूरपश्चिम प्रदेशमा तीन महिनामा विपद्का घटनाबाट १४ जनाको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा तीन महिनामा विपद्का घटनाबाट १४ जनाको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा तीन महिनामा विपद्का घटनाबाट १४ जनाको मृत्यु भएको छ। श्रावण १ गतेदेखि असोज ३१ गतेसम्मको अवधिमा प्रदेशको विभिन्न स्थानमा घटेका विपद्का घटनामा परी १४ जनाको मृत्यु भएको छ भने २६२ जना घाइते भएका छन्।

    सुदूरपश्चिम प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार संकलन गरेको विवरणमा चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म तीन महिनाको अवधिमा प्रदेश भरी विपद्का ५६३ वटा घटना भएका छन्। जसबाट ८८ लाख ८ हजार मूल्यको धनमाल नष्ट भएको छ।

    विपद्का घटनामा सर्पदंशका सबैभन्दा बढी २११ वटा घटना भएका छन्। यसबाट २ पुरुष, ६ महिला गरी ८ जनाको मृत्यु भएको छ भने २०६ जना घाइते भएका छन्। सर्पदंशबाट २१३ परिवार प्रभावित भएका छन्।

    चट्याङ्गका १२ वटा घटनामा १ पुरुष र २ महिला गरी ३ जनाको ज्यान गएको छ। चट्याङ्गबाट १५ जना घाइते भएका छन्। यस्तै पहिरोका ११५ घटनामा १ जना महिलाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। पहिरोले २०० परिवार प्रभावित भएका छन् भने ८ घर पूर्ण र ८ घर आंशिक रूपमा क्षति भएका छन्। बाढीका १८ घटनामा १ जनाको मृत्यु भएको छ भने अनुमानित ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। प्रदेशमा जनावरको आक्रमणका ४३ वटा घटनामा १ जनाको मृत्यु छ। यसबाट १९ जना घाइते भएका छन्।

    तीन महिनाको अवधिमा ५२ वटा आगलागीका घट्ना भएका छन्। आगलागीबाट ६ जना घाइते भएका छन् भने ६ लाख ११ हजार १ सय रुपैयाँको धनमाल जलेर नष्ट भएको सुदूरपश्चिम प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीले संकलन गरेको विवरणमा उल्लेख छ।

    यसै अवधिमा ९१ वटा भारी वर्षा भएका छन्। भारी वर्षाबाट ११४ परिवार प्रभावित भएका छन्। भारी वर्षाकारण ११ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको छ। हावाहुरीका १७ वटा घटनामा १९ परिवार प्रभावित भएका छन्। प्रदेश भरी विपद्का घटनाबाट ७१३ परिवार प्रभावित भएको विवरणमा उल्लेख छ। तीन महिनाको अवधिमा ३ वटा लेक लाग्नुको घटना भएको केन्द्रले जनाएको छ।

  • कञ्चनपुरमा लागुऔषध खैरो हेरोइन सहित एक जना पक्राउ

    कञ्चनपुरमा लागुऔषध खैरो हेरोइन सहित एक जना पक्राउ

    पवन औजी

    कञ्चनपुर – कञ्चनपुरमा लागुऔषध खैरो हेरोइन सहित एक जनालाई पक्राउ गरिएको छ। शनिबार साँझ कञ्चनपुरको भीमदत्त नगरपालिका ४, चम्मचोकस्थित न्यु तहल्का होटल एण्ड लजबाट कञ्चनपुरको बेदकोट नगरपालिका(७ का ३४ वर्षीय मनोजराज भट्ट पक्राउ गरिएको हो ।

    होटलमा खैरो हेरोइन सेवन गरिरहेको अवस्थामा फेला परेका भट्टको साथबाट ३ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

    लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • आरक्षपीडित परिवारको पुनर्स्थापना गर्न माग

    आरक्षपीडित परिवारको पुनर्स्थापना गर्न माग

    । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका परिवारको पुनर्स्थापनाको मागसहित आरक्ष पीडित सङ्घर्ष समितिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापनपत्र पठाएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी मदन कोइलामार्फत समितिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापनपत्रसहित पठाएको हो । विसं २०५८ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित आरक्षपीडित परिवार न्यायसहित उचित व्यवस्थापन र पुनर्स्थापनाको आशा गर्दै आएका छन् । समस्या समाधानका लागि पटक पटक आयोग तथा समिति गठन गरेर सरकारले आशा देखाए पनि आफूहरूको समस्या भने हालसम्म समाधान नभएको आरक्षपीडित सङ्घर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले बताउनुभयो ।

    वर्तमान सरकारले पनि समस्या समाधान गर्ने आशा देखाए पनि उचित व्यवस्थापन नगरिदिँदा पीडित परिवार भने महेन्द्रनगरस्थित जडीबुटीको सार्वजनिक जमिनमा अस्थायी टहरा बनाएर कष्टकर जीवन बिताउन बाध्य छन् ।

    आरक्षपीडित परिवारलाई कम्तीमा १० कट्ठा जमिन उपलब्ध गराइनुपर्ने, शुक्लाफाँटा आरक्ष हाल (राष्ट्रिय निकुञ्ज) बाट घरगोठका लागि पाँच सय क्युफिट काठ उपलब्ध गराइनुपर्ने, २६ वर्षसम्मको क्षतिपूर्ति २० लाख रुपियाँ उपलब्ध गराइनुपर्ने तथा आधारभूत कुराको निःशुल्क ग्यारेन्टी गरिनुपर्ने माग प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा उल्लेख छ ।

    यसका साथै सङ्घर्ष समितिले निकुञ्ज विस्तारका क्रममा विस्थापित पारिएका वास्तविक परिवारको पहिचान गरी कानुनी रूपमा कार्यान्वयन योग्य विषयमा जिम्मेवार निकाय र कार्यान्वयन समयसीमा निर्धारण गरिनुपर्ने, आरक्षपीडितको समस्या समाधान गर्दा संवैधानिक व्यवस्था र प्रचलित कानुनलाई ध्यानमा राखिनुपर्ने, अन्तिम पुनर्स्थापना प्रक्रिया पूरा नहुँदासम्म आवास, शिक्षा, स्वास्थ्य, सिप विकास तथा रोजगारीमूलक सहयोग उपलब्ध गराइनुपर्ने माग राखेका छन् ।

  • चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न कञ्चनपुर प्रशासनको आग्रह

    कञ्चनपुरमा चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि, गुणस्तरहीन खाद्यवस्तु र म्याद गुज्रेका वस्तुहरू बिक्रीवितरण नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ।

    कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले चाडपर्वका अवसरमा विशेष अनुरोधसहितको सूचना जारी गर्दै बडादसैँ, तिहार र छठ पर्वमा नागरिक, सरोकारवाला निकाय, कार्यालय, सङ्घसंस्थालगायतले आफ्नो काम, कर्तव्य र जिम्मेवारी बोध गर्दै समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न अनुरोध गर्नु भएको हो । अनलाइन सपिङ ९किनमेल०, गैरकानुनी चिठ्ठा वा सामाजिक सञ्जालमार्फत आउने अपरिचित व्यक्तिहरूका अफर तथा स्क्यामहरूबाट सतर्क रहनसमेत प्रमुख जिल्ला अधिकारी कोइरालाले आग्रह गरे। उनले परम्परागत रूपमा मनाइने चाडपर्वहरूको सम्मान र संरक्षण गरी सबै धर्म, जातजाति र संस्कृतिप्रति आदर–सम्मान व्यक्त गर्दै तडकभडक र अवान्छित गतिविधिबाट टाढा रही एकापसमा शुभकामना, सहयोग र मेलमिलापको भावनाका साथ मर्यादित एवं अनुशासित भई सामाजिक सद्भाव र भाइचारा कायम गरी चाडपर्व मनाउनुपर्नेमा जोड दिए।

    त्यसैगरी चाडपर्वको समयमा अत्यावश्यक तथा आपत्कालीन सेवाहरू अस्पताल, एम्बुलेन्स, दमकल, स्काभेटर, जनशक्ति, इन्धन लगायत तयारी अवस्थामा राख्ने र बदलिन सक्ने मौसमबाट हुनसक्ने जोखिमका लागि पूर्वतयारीको अवस्थामा रहन प्रशासन मातहतका सबैलाई अनुरोध गरे।

    जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझ महेन्द्रनगर बजारमा सञ्चालित मासु पसलहरूमा अनुगमन गरेको छ। अनुगमनका क्रममा अस्वस्थकर मासु बरामद गरी जफत गरिएको प्रजिअ कोइरालाले जानकारी दिए ।

  • कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ

    कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्वर १ फटैया खल्लाबाट अवैध लागूऔषध ब्राउन सुगर १ ग्राम १८० मिलिग्रामसहित पुनर्वास नगरपालिका–११ डोकेबजार बस्ने ३० वर्षीय बिशाल विक र कैलालीको जोशीपुर गाउँपालिका–९ घर भई हाल पुनर्वास नगरपालिका–११ बस्ने २२ वर्षीय कुशल चौधरी पक्राउ परेका हुन्।

    दुबै जनालाई प्रहरी चौकी फटैया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो से २ प ९६९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ।

  • १ महिनाको अवधिमा लागुऔलागुऔषधसहितषधसहित कञ्चनपुरमा ४५ जना

    पछिल्लो समय कञ्चनपुरमा लागुऔषधसध दुर्व्यसनी गर्नेको संख्यामा वृद्ध भइरहेको पाइएको छ ।खुल्ला सिमानाका भएका कारण पनि संख्या बढ्दै गएको हो ।

    यस्तै १ महिनाको अवधिमा लागुऔलागुऔषधसहितषधसहित कञ्चनपुरमा ४५ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार साउन महिनामा ४५ जनालाई लागुऔषधसहित पक्राउ परेका हुन्।

    तीमध्ये ५ जना सेवनकर्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्रसिंह थापाले बताउनु भयो । उहाका अनुसार साउन महिनामा लागुऔषध सम्बन्धी ३० वटा मुद्दा दर्ता भएका छन्।

    पक्राउ परेकाहरुको साथबाट गाँजा १ सय ४३ ग्राम, चरेश ९६.९७ ग्राम, खैरो हेरोइन ७१.४० ग्राम र ब्रोफिन १ सय २४ एम्पुल बरामद गरेको छ। समयमै यसको रोकथामका लागि उचित कदम नचाले स्थिति भयावह हुने देखिन्छ ।

गृहपृष्ठ
ताजा समाचार
ट्रेण्डिङ्ग
Search