Satya Update

Category: समाज

  • सुदूरपश्चिम प्रदेशमा तीन महिनामा विपद्का घटनाबाट १४ जनाको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा तीन महिनामा विपद्का घटनाबाट १४ जनाको मृत्यु

    सुदूरपश्चिम प्रदेशमा तीन महिनामा विपद्का घटनाबाट १४ जनाको मृत्यु भएको छ। श्रावण १ गतेदेखि असोज ३१ गतेसम्मको अवधिमा प्रदेशको विभिन्न स्थानमा घटेका विपद्का घटनामा परी १४ जनाको मृत्यु भएको छ भने २६२ जना घाइते भएका छन्।

    सुदूरपश्चिम प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार संकलन गरेको विवरणमा चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म तीन महिनाको अवधिमा प्रदेश भरी विपद्का ५६३ वटा घटना भएका छन्। जसबाट ८८ लाख ८ हजार मूल्यको धनमाल नष्ट भएको छ।

    विपद्का घटनामा सर्पदंशका सबैभन्दा बढी २११ वटा घटना भएका छन्। यसबाट २ पुरुष, ६ महिला गरी ८ जनाको मृत्यु भएको छ भने २०६ जना घाइते भएका छन्। सर्पदंशबाट २१३ परिवार प्रभावित भएका छन्।

    चट्याङ्गका १२ वटा घटनामा १ पुरुष र २ महिला गरी ३ जनाको ज्यान गएको छ। चट्याङ्गबाट १५ जना घाइते भएका छन्। यस्तै पहिरोका ११५ घटनामा १ जना महिलाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। पहिरोले २०० परिवार प्रभावित भएका छन् भने ८ घर पूर्ण र ८ घर आंशिक रूपमा क्षति भएका छन्। बाढीका १८ घटनामा १ जनाको मृत्यु भएको छ भने अनुमानित ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। प्रदेशमा जनावरको आक्रमणका ४३ वटा घटनामा १ जनाको मृत्यु छ। यसबाट १९ जना घाइते भएका छन्।

    तीन महिनाको अवधिमा ५२ वटा आगलागीका घट्ना भएका छन्। आगलागीबाट ६ जना घाइते भएका छन् भने ६ लाख ११ हजार १ सय रुपैयाँको धनमाल जलेर नष्ट भएको सुदूरपश्चिम प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीले संकलन गरेको विवरणमा उल्लेख छ।

    यसै अवधिमा ९१ वटा भारी वर्षा भएका छन्। भारी वर्षाबाट ११४ परिवार प्रभावित भएका छन्। भारी वर्षाकारण ११ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको छ। हावाहुरीका १७ वटा घटनामा १९ परिवार प्रभावित भएका छन्। प्रदेश भरी विपद्का घटनाबाट ७१३ परिवार प्रभावित भएको विवरणमा उल्लेख छ। तीन महिनाको अवधिमा ३ वटा लेक लाग्नुको घटना भएको केन्द्रले जनाएको छ।

  • गड्डाचौकी नाकामा लागुऔषध र विस्फोटक पदार्थ पहिचान गर्ने २ कुकुर परिचालन

    गड्डाचौकी नाकामा लागुऔषध र विस्फोटक पदार्थ पहिचान गर्ने २ कुकुर परिचालन

    पवन औजी

    कञ्चनपुर – कञ्चनपुरको भारतसँग सीमा जोडिएको पश्चिमी नाका गड्डाचौकीमा सशस्त्र प्रहरी बलले लागुऔषध, हातहतियार तथा विस्फोटक पदार्थको अवैध ओसारपसार नियन्त्रण गर्न तालिमप्राप्त दुई कुकुर परिचालन गरेको छ।

    दसैँलाई लक्ष्य गरी सशस्त्र प्रहरीले अल्फा र डेल्टा नामका दुई कुकुर नाकामा खटाएको हो। दुवै कुकुरलाई गड्डाचौकीस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा बल गुल्ममा राखेर नियमित रूपमा सीमा क्षेत्रमा निगरानी तथा सुरक्षा जाँचमा परिचालन गरिने सशस्त्र प्रहरीले जनाएको छ।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर (शैलेश्वरी) का सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलका अनुसार अल्फाले लागुऔषध पत्ता लगाउनेछ भने डेल्टाले हातहतियार तथा विस्फोटक पदार्थ पहिचान गर्नेछ।

    दुवै कुकुरलाई आवश्यकताअनुसार सीमा क्षेत्रमा खटाइने सिग्देलले बताए। कञ्चनपुरमा लागुऔषधको समस्या जटिल बन्दै गएका बेला तालिमप्राप्त कुकुर परिचालनले यसको नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले सीमा क्षेत्रमा तालिमप्राप्त कुकुरको आवश्यकता रहेको बताए। मानिसले सहजै पहिचान गर्न नसक्ने शंकास्पद वस्तु तथा पदार्थ कुकुरले पत्ता लगाउन सक्ने भएकाले यसको परिचालन प्रभावकारी हुने उनको भनाइ छ।

  • कञ्चनपुरमा लागुऔषध खैरो हेरोइन सहित एक जना पक्राउ

    कञ्चनपुरमा लागुऔषध खैरो हेरोइन सहित एक जना पक्राउ

    पवन औजी

    कञ्चनपुर – कञ्चनपुरमा लागुऔषध खैरो हेरोइन सहित एक जनालाई पक्राउ गरिएको छ। शनिबार साँझ कञ्चनपुरको भीमदत्त नगरपालिका ४, चम्मचोकस्थित न्यु तहल्का होटल एण्ड लजबाट कञ्चनपुरको बेदकोट नगरपालिका(७ का ३४ वर्षीय मनोजराज भट्ट पक्राउ गरिएको हो ।

    होटलमा खैरो हेरोइन सेवन गरिरहेको अवस्थामा फेला परेका भट्टको साथबाट ३ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

    लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ

    कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्वर १ फटैया खल्लाबाट अवैध लागूऔषध ब्राउन सुगर १ ग्राम १८० मिलिग्रामसहित पुनर्वास नगरपालिका–११ डोकेबजार बस्ने ३० वर्षीय बिशाल विक र कैलालीको जोशीपुर गाउँपालिका–९ घर भई हाल पुनर्वास नगरपालिका–११ बस्ने २२ वर्षीय कुशल चौधरी पक्राउ परेका हुन्।

    दुबै जनालाई प्रहरी चौकी फटैया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो से २ प ९६९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ।

गृहपृष्ठ
ताजा समाचार
ट्रेण्डिङ्ग
Search