कञ्चनपुरमा ट्याक्टर र विद्युतीय स्कुटर एकआपसमा ठोक्किँदा एक युवकको ज्यान गएको छ। शनिबार भीमदत्त नगरपालिका(१० तिल्केनीस्थित भित्री सडकखण्डमा म १ त ६११ नम्बरको ट्याक्टर र विद्युतीय स्कुटर एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक भीमदत्त नगरपालिका(१० का १८ वर्षीय आशिष बमको उपचारका क्रममा ज्यान गएको हो। उनलाई उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएकोमा शनिबार साँझ उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले ट्याक्टर चालक भीमदत्त नगरपालिका(९ का ५८ वर्षीय प्रेमसिंह भण्डारीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply