
कञ्चनपुरमा लागुऔषध खैरो हेरोइन सहित दुई जनालाई पक्राउ गरिएको छ। शनिबार भीमदत्त नगरपालिका–११, गड्डाचौकीस्थित भाइरल रोडबाट ०।५४ ग्राम खैरो हेरोइनसहित उनीहरू पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–५ की २४ वर्षीया प्रियंका सुनार र २१ वर्षीय प्रवीण सुनार रहेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा शंका लागेर उनीहरूलाई चेकजाँच गरेको थियो।
सोही क्रममा उनीहरूको साथबाट खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Leave a Reply