Satya Update

Category: Uncategorized

  • बाजुरामा पहिरोले दुई घर बगायो

    बाजुरामा पहिरोले दुई घर बगाएको छ। बिहीबार दिउँसो बाजुराको गौमुल गाउँपालिका–३ कटी गाउँमा अविरल वर्षासँगै आएको पहिरोले स्थानीय पूर्णिमल बोहरा र बुदी बोहराको घर बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

    पहिरो दिउँसो आएको हुँदा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले बताउनुभयो। तर घरमा रहेका सम्पूर्ण सामान भने पूर्ण रूपमा नष्ट भएको उहाँले जानकारी दिनुभयो।

    उहाँका अनुसार घरमा रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडालगायत सबै सामान नष्ट भएका छन् ।

    पहिरोका कारण अन्य दुई घरधुरी पनि जोखिममा परेका छन्। साथै, आसपासका १४ घरपरिवारसमेत जोखिममा परेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको सूचना अधिकारी शाहीले बताउनुभयो।

  • कैलालीमा दुई लाख घुस रकमसहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

     कैलालीमा दुई लाख घुस रकमसहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका –४ को कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बम रहेका छन्।

    उहाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बिहीबार घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको हो । सोही क्रममा उहाँलाई धनगढी –१ मा रहेको डेरी पसलबाट रकमसहित नियन्त्रणमा लिइएको हो।

    अख्तियार कार्यालय महेन्द्रनगरका सूचना अधिकारी चेतराज भट्टले बमले विद्यालयमा कार्यरत कर्मचारीको पारिश्रमिक रकम वृद्धि गर्ने लोभ देखाएर रकम लिएको बताउनुभयो। उहाँलाई नियन्त्रणमा लिएर थप सोधपुछ तथा अनुसन्धान भइरहेको अख्तियारका अधिकारीको भनाइ छ । 

  • पछिल्लो समय कञ्चनपुरमा लागुऔषधसध दुर्व्यसनी गर्नेको संख्यामा वृद्धि

    पछिल्लो समय कञ्चनपुरमा लागुऔषधसध दुर्व्यसनी गर्नेको संख्यामा वृद्धि भइरहेको पाइएको छ ।खुल्ला सिमानाका भएका कारण पनि संख्या बढ्दै गएको हो ।

    यस्तै १ महिनाको अवधिमा लागुऔलागुऔषधसहितषधसहित कञ्चनपुरमा ४५ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार साउन महिनामा ४५ जनालाई लागुऔषधसहित पक्राउ परेका हुन्।

    तीमध्ये ५ जना सेवनकर्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्रसिंह थापाले बताउनु भयो । उहाका अनुसार साउन महिनामा लागुऔषध सम्बन्धी ३० वटा मुद्दा दर्ता भएका छन्।

    पक्राउ परेकाहरुको साथबाट गाँजा १ सय ४३ ग्राम, चरेश ९६.९७ ग्राम, खैरो हेरोइन ७१.४० ग्राम र ब्रोफिन १ सय २४ एम्पुल बरामद गरेको छ। समयमै यसको रोकथामका लागि उचित कदम नचाले स्थिति भयावह हुने देखिन्छ ।

  • कञ्चनपुरको बेदकोट नगरपालिका हरपालमा नर्मिाणाधीन आधुनकि शीतभण्डार कोल्डस्टोर निर्माणको काम अन्तिम चरणमा

    कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर १० हरपालमा नर्मिाणाधीन आधुनकि शीतभण्डार कोल्डस्टोर नर्मिाणको अनुगमन गर्दै काम अन्तमि चरणमा पुगेको बताइएको । १० कट्ठा क्षेत्रफलमा नर्मिाण भइरहेको कोल्डस्टोरको ८० प्रतशित काम सम्पन्न भएको बताइएको हो।

    बेदकोट नगरपालकिाका नगर प्रमुख भोजराज बोहराले आगामी चैत महनिाभत्रिै सञ्चालनमा ल्याउने गरी नर्मिाण तीव्र पारएिको बताउनु भयो । उहाका अनुसार कोल्डस्टोरको भण्डारण क्षमता १ हजार ५ सय मेट्रकि टन रहेको छ।

    शीतभण्डार सञ्चालनमा आएपछ कृषकहरूले उत्पादन गरेका आलु, प्याज, फलफूल तथा तरकारी भण्डारण गर्न पाउनेछन् ।

    उहाले बेदकोटमा आलु खेतीको उत्पादन राम्रो हुने गरेको समेत बताउनु बताउनु भयो । झन्डै १० करोड रुपैयाँको लगानीमा कोल्डस्टोर नर्मिाण भइरहेको छ।

    कोल्डस्टोर नर्मिाणमा संघीय सरकार, सुदूरपश्चमि प्रदेश सरकार र नगरपालकिाको साझेदारी रहेको रहेको ।

    काम सम्पन्न गर्ने म्याद २०८३ माघ ३० गतेसम्म रहेको छ। यसअघि कोल्डस्टोरको संरचना नर्मिाणका लाग विभिन्न नर्मिाण व्यवसायीसँग छुट्टाछुट्टै सम्झौता गरएिको थयो।

  • प्रधानमन्त्री शाह आज मुस्ताङ जाँदै

    आज शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङ जाने भएका छन्। प्रधानमन्त्री शाह पोखरा विमानस्थल भएर मुस्ताङ जाने तयारीमा रहेका हुन् । 

    प्रधानमन्त्रीसँग उनका केही सल्लाहकार र सहयोगीसमेत मुस्ताङ जाने तयारी रहेको बताइएको छ। यद्यपि, उनी कतिबेला त्यसतर्फ प्रस्थान गर्ने भन्नेबारे जानकारी दिइएको छैन।

  • यातायात कार्यालय महेन्द्रनगरका कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

    यातायात व्यवस्था कार्यालय महेन्द्रनगर, कञ्चनपुरमा कार्यरत कर्मचारीमाथि कार्यालयमै दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। बुधबार दिउँसो सहायक कम्प्युटर अपरेटर विमलबहादुर कुँवरमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–१८ का हेमन्त चन्दलाई नियन्त्रणमा लिएको हो।

    बुधबार दिउँसो ३ः३० बजेतिर कार्यालयमा प्रवेश गरेका चन्दले कुँवरलाई गालीगलौज गर्दै हातपातको प्रयास गरेको यातायात व्यवस्था कार्यालय कञ्चनपुरका सूचना अधिकारी रामदत्त भट्टले जानकारी दिनुभयो। कार्यालयमा प्रवेश गरी गालीगलौज गर्न थालेपछि केही समय कार्यालयको कामकाजसमेत प्रभावित भएको उहाँले बताउनुभयो।

    यद्यपि चन्द कार्यालयको सेवा प्रवाहको विषयलाई लिएर आक्रोशित नभएको सूचना अधिकारी भट्टले बताउनुभयो। उहाँका अनुसार चन्दले व्यक्तिगत घटनाको विषयलाई लिएर सहायक कम्प्युटर अपरेटर कुँवरलाई गालीगलौज गर्दै हातपातको प्रयास गरेका थिए।

    कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक सेवामा खटिएका राष्ट्रसेवक कर्मचारीमाथि हातपात तथा गालीगलौज गर्ने चन्दलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ।

    सहायक कम्प्युटर अपरेटर कुँवरमाथि हातपातको प्रयास गरेको आरोपमा भीमदत्त नगरपालिका–१८ का चन्दलाई महेन्द्रनगर बजार क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिनुभयो। उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

गृहपृष्ठ
ताजा समाचार
ट्रेण्डिङ्ग
Search