Satya Update

Author: Satya Update

  • चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न कञ्चनपुर प्रशासनको आग्रह

    कञ्चनपुरमा चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि, गुणस्तरहीन खाद्यवस्तु र म्याद गुज्रेका वस्तुहरू बिक्रीवितरण नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ।

    कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले चाडपर्वका अवसरमा विशेष अनुरोधसहितको सूचना जारी गर्दै बडादसैँ, तिहार र छठ पर्वमा नागरिक, सरोकारवाला निकाय, कार्यालय, सङ्घसंस्थालगायतले आफ्नो काम, कर्तव्य र जिम्मेवारी बोध गर्दै समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न अनुरोध गर्नु भएको हो । अनलाइन सपिङ ९किनमेल०, गैरकानुनी चिठ्ठा वा सामाजिक सञ्जालमार्फत आउने अपरिचित व्यक्तिहरूका अफर तथा स्क्यामहरूबाट सतर्क रहनसमेत प्रमुख जिल्ला अधिकारी कोइरालाले आग्रह गरे। उनले परम्परागत रूपमा मनाइने चाडपर्वहरूको सम्मान र संरक्षण गरी सबै धर्म, जातजाति र संस्कृतिप्रति आदर–सम्मान व्यक्त गर्दै तडकभडक र अवान्छित गतिविधिबाट टाढा रही एकापसमा शुभकामना, सहयोग र मेलमिलापको भावनाका साथ मर्यादित एवं अनुशासित भई सामाजिक सद्भाव र भाइचारा कायम गरी चाडपर्व मनाउनुपर्नेमा जोड दिए।

    त्यसैगरी चाडपर्वको समयमा अत्यावश्यक तथा आपत्कालीन सेवाहरू अस्पताल, एम्बुलेन्स, दमकल, स्काभेटर, जनशक्ति, इन्धन लगायत तयारी अवस्थामा राख्ने र बदलिन सक्ने मौसमबाट हुनसक्ने जोखिमका लागि पूर्वतयारीको अवस्थामा रहन प्रशासन मातहतका सबैलाई अनुरोध गरे।

    जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझ महेन्द्रनगर बजारमा सञ्चालित मासु पसलहरूमा अनुगमन गरेको छ। अनुगमनका क्रममा अस्वस्थकर मासु बरामद गरी जफत गरिएको प्रजिअ कोइरालाले जानकारी दिए ।

  • कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ

    कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्वर १ फटैया खल्लाबाट अवैध लागूऔषध ब्राउन सुगर १ ग्राम १८० मिलिग्रामसहित पुनर्वास नगरपालिका–११ डोकेबजार बस्ने ३० वर्षीय बिशाल विक र कैलालीको जोशीपुर गाउँपालिका–९ घर भई हाल पुनर्वास नगरपालिका–११ बस्ने २२ वर्षीय कुशल चौधरी पक्राउ परेका हुन्।

    दुबै जनालाई प्रहरी चौकी फटैया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो से २ प ९६९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ।

  • सरकार ७ दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउँदै

    गृहमन्त्री गुरुङ- मन्तव्य
    काठमाडौँ, ३० असोजः
    गृहमन्त्री सुधन गुरुङ ७१औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः किरणराज विष्ट/रासस

    सरकारले सात दशक पुरानो प्रहरी ऐनलाई विस्थापन गरी समयसापेक्ष र व्यावसायिक सङ्गठन निर्माणका लागि नयाँ प्रहरी विधेयक अगाडि बढाएको जनाएको छ ।

    ७१औँ प्रहरी दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री सुधन गुरुङले सरुवा–बढुवालाई प्रणालीगत बनाउँदै हाकिमलाई रिझाउने प्रवृत्तिको अन्त्य गरिने र सेवा अवधिसम्बन्धी विषयमा समेत समयानुकूल परिमार्जन गरिने घोषणा गर्नुभएको हो ।

    उहाँले अनुसन्धान पद्धतिलाई वैज्ञानिक बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल फोरेन्सिक, साइबर अनुसन्धान र डीएनए प्रोफाइलिङजस्ता आधुनिक प्रविधिमा लगानी बढाउनु सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभएको छ ।

    गृहमन्त्रीले भर्खरै नयाँ दिल्लीमा सम्पन्न बिम्स्टेक सदस्य राष्ट्रका गृहमन्त्रीस्तरीय बैठक र भारतीय समकक्षीसँगको वार्ताबारे स्मरण गर्दै सीमापार तथा अन्तरदेशीय अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सूचना आदानप्रदान र प्रविधि सहकार्यलाई तीव्र बनाइएको उल्लेख गर्नुभयो । बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न क्षेत्रीय संयन्त्रबाट प्राप्त अवसरलाई आन्तरिक सुरक्षा सुदृढीकरणमा अधिकतम उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

    गृहमन्त्री गुरुङले प्रहरी कर्मचारीको सेवा–सुविधातर्फ आवास, स्वास्थ्य तथा जोखिम भत्ताको दायरा फराकिलो बनाइँदै लगिएको स्पष्ट पार्दै गएकाे भदौमा आएको भीषण बाढी पहिरो तथा प्राकृतिक विपद‍्मा अग्रपङ्क्तिमा खटिएका सुरक्षाकर्मीलाई खाजा तथा जोखिम भत्ता उपलब्ध गराइएको जानकारी दिनुभयो ।

  • प्रहरीलाई अझ सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

    प्रहरीलाई अझ सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

    प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरीलाई आउँदा दिनमा हुनसक्ने सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    ७१औँ प्रहरी दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले सधैँ अग्रभागमा खटिएर नागरिकको सेवा गर्ने प्रहरीलाई सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानूनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।

    उहाँले प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारणको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सरकारले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना बनाएको समेत जानकारी दिनुभयो ।

    प्रधानमन्त्री शाहले कर्तव्य पालनाको सिलसिलामा भर्खरैकाै भोटेकोशी–त्रिशूलीको विपद् तथा विभिन्न कालखण्डमा अमरत्व प्राप्त गरेका प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

    उहाँले कर्तव्य निर्वाहका सिलसिलामा घाइते र अशक्त भएका प्रहरीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभयो । ‘हामी ‘विपद्मा सारथी, सङ्कटमा छहारी, प्रविधि प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ ७१औँ प्रहरी दिवस मनाइरहेका छौँ । कार्यक्रममा विमोचन हुने ‘पुलिस मिरर–२०८३’ ले नेपाल प्रहरीको इतिहास र वर्तमानलाई भविष्यको पुस्तासँग जोड्ने र सङ्गठनको सम्झनालाई ताजा राखिरहने अपेक्षा छ’, शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले भन्नुभएको छ ।

    पछिल्लो समय बढ्दै गएको वित्तीय र साइबर अपराध रोकथाम र नियन्त्रणमा सरकार गम्भीर रहेको प्रधानमन्त्रीको भनाइ थियो । यसका लागि नेपाल प्रहरीको सहकार्यमा राष्ट्र बैंक, इन्टरनेट र टेलिकम सेवा प्रदायक तथा डिजिटल वालेटलाई एक ठाउँमा ल्याई नागरिकका गुनासा थप प्रभावकारी ढङ्गले सम्बोधन गर्ने व्यवस्था भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले कृत्रिम बुद्धिमत्ता (एआई), ‘एरियल सेक्युरिटी एन्ड सपोर्ट युनिट’ र ‘इन्टिग्रेटेड एन्टिस्काम सेन्टर’ स्थापनाको तयारी भइरहेको पनि बताउनुभयो ।

    प्रधानमन्त्री शाहले नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, प्रविधि विस्तार र पूर्वाधार निर्माणमा सहयोग गर्ने मित्रराष्ट्र र अन्तर्राष्ट्रिय विकास साझेदारलाई धन्यवादसमेत व्यक्त गर्नुभयो ।

  • १ महिनाको अवधिमा लागुऔलागुऔषधसहितषधसहित कञ्चनपुरमा ४५ जना

    पछिल्लो समय कञ्चनपुरमा लागुऔषधसध दुर्व्यसनी गर्नेको संख्यामा वृद्ध भइरहेको पाइएको छ ।खुल्ला सिमानाका भएका कारण पनि संख्या बढ्दै गएको हो ।

    यस्तै १ महिनाको अवधिमा लागुऔलागुऔषधसहितषधसहित कञ्चनपुरमा ४५ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार साउन महिनामा ४५ जनालाई लागुऔषधसहित पक्राउ परेका हुन्।

    तीमध्ये ५ जना सेवनकर्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्रसिंह थापाले बताउनु भयो । उहाका अनुसार साउन महिनामा लागुऔषध सम्बन्धी ३० वटा मुद्दा दर्ता भएका छन्।

    पक्राउ परेकाहरुको साथबाट गाँजा १ सय ४३ ग्राम, चरेश ९६.९७ ग्राम, खैरो हेरोइन ७१.४० ग्राम र ब्रोफिन १ सय २४ एम्पुल बरामद गरेको छ। समयमै यसको रोकथामका लागि उचित कदम नचाले स्थिति भयावह हुने देखिन्छ ।

  • बाजुरामा पहिरोले दुई घर बगायो

    बाजुरामा पहिरोले दुई घर बगाएको छ। बिहीबार दिउँसो बाजुराको गौमुल गाउँपालिका–३ कटी गाउँमा अविरल वर्षासँगै आएको पहिरोले स्थानीय पूर्णिमल बोहरा र बुदी बोहराको घर बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

    पहिरो दिउँसो आएको हुँदा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले बताउनुभयो। तर घरमा रहेका सम्पूर्ण सामान भने पूर्ण रूपमा नष्ट भएको उहाँले जानकारी दिनुभयो।

    उहाँका अनुसार घरमा रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडालगायत सबै सामान नष्ट भएका छन् ।

    पहिरोका कारण अन्य दुई घरधुरी पनि जोखिममा परेका छन्। साथै, आसपासका १४ घरपरिवारसमेत जोखिममा परेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको सूचना अधिकारी शाहीले बताउनुभयो।

  • कैलालीमा दुई लाख घुस रकमसहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

     कैलालीमा दुई लाख घुस रकमसहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका –४ को कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बम रहेका छन्।

    उहाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले बिहीबार घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको हो । सोही क्रममा उहाँलाई धनगढी –१ मा रहेको डेरी पसलबाट रकमसहित नियन्त्रणमा लिइएको हो।

    अख्तियार कार्यालय महेन्द्रनगरका सूचना अधिकारी चेतराज भट्टले बमले विद्यालयमा कार्यरत कर्मचारीको पारिश्रमिक रकम वृद्धि गर्ने लोभ देखाएर रकम लिएको बताउनुभयो। उहाँलाई नियन्त्रणमा लिएर थप सोधपुछ तथा अनुसन्धान भइरहेको अख्तियारका अधिकारीको भनाइ छ । 

  • पछिल्लो समय कञ्चनपुरमा लागुऔषधसध दुर्व्यसनी गर्नेको संख्यामा वृद्धि

    पछिल्लो समय कञ्चनपुरमा लागुऔषधसध दुर्व्यसनी गर्नेको संख्यामा वृद्धि भइरहेको पाइएको छ ।खुल्ला सिमानाका भएका कारण पनि संख्या बढ्दै गएको हो ।

    यस्तै १ महिनाको अवधिमा लागुऔलागुऔषधसहितषधसहित कञ्चनपुरमा ४५ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांक अनुसार साउन महिनामा ४५ जनालाई लागुऔषधसहित पक्राउ परेका हुन्।

    तीमध्ये ५ जना सेवनकर्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्रसिंह थापाले बताउनु भयो । उहाका अनुसार साउन महिनामा लागुऔषध सम्बन्धी ३० वटा मुद्दा दर्ता भएका छन्।

    पक्राउ परेकाहरुको साथबाट गाँजा १ सय ४३ ग्राम, चरेश ९६.९७ ग्राम, खैरो हेरोइन ७१.४० ग्राम र ब्रोफिन १ सय २४ एम्पुल बरामद गरेको छ। समयमै यसको रोकथामका लागि उचित कदम नचाले स्थिति भयावह हुने देखिन्छ ।

  • कञ्चनपुरको बेदकोट नगरपालिका हरपालमा नर्मिाणाधीन आधुनकि शीतभण्डार कोल्डस्टोर निर्माणको काम अन्तिम चरणमा

    कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर १० हरपालमा नर्मिाणाधीन आधुनकि शीतभण्डार कोल्डस्टोर नर्मिाणको अनुगमन गर्दै काम अन्तमि चरणमा पुगेको बताइएको । १० कट्ठा क्षेत्रफलमा नर्मिाण भइरहेको कोल्डस्टोरको ८० प्रतशित काम सम्पन्न भएको बताइएको हो।

    बेदकोट नगरपालकिाका नगर प्रमुख भोजराज बोहराले आगामी चैत महनिाभत्रिै सञ्चालनमा ल्याउने गरी नर्मिाण तीव्र पारएिको बताउनु भयो । उहाका अनुसार कोल्डस्टोरको भण्डारण क्षमता १ हजार ५ सय मेट्रकि टन रहेको छ।

    शीतभण्डार सञ्चालनमा आएपछ कृषकहरूले उत्पादन गरेका आलु, प्याज, फलफूल तथा तरकारी भण्डारण गर्न पाउनेछन् ।

    उहाले बेदकोटमा आलु खेतीको उत्पादन राम्रो हुने गरेको समेत बताउनु बताउनु भयो । झन्डै १० करोड रुपैयाँको लगानीमा कोल्डस्टोर नर्मिाण भइरहेको छ।

    कोल्डस्टोर नर्मिाणमा संघीय सरकार, सुदूरपश्चमि प्रदेश सरकार र नगरपालकिाको साझेदारी रहेको रहेको ।

    काम सम्पन्न गर्ने म्याद २०८३ माघ ३० गतेसम्म रहेको छ। यसअघि कोल्डस्टोरको संरचना नर्मिाणका लाग विभिन्न नर्मिाण व्यवसायीसँग छुट्टाछुट्टै सम्झौता गरएिको थयो।

  • प्रधानमन्त्री शाह आज मुस्ताङ जाँदै

    आज शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङ जाने भएका छन्। प्रधानमन्त्री शाह पोखरा विमानस्थल भएर मुस्ताङ जाने तयारीमा रहेका हुन् । 

    प्रधानमन्त्रीसँग उनका केही सल्लाहकार र सहयोगीसमेत मुस्ताङ जाने तयारी रहेको बताइएको छ। यद्यपि, उनी कतिबेला त्यसतर्फ प्रस्थान गर्ने भन्नेबारे जानकारी दिइएको छैन।

गृहपृष्ठ
ताजा समाचार
ट्रेण्डिङ्ग
Search